प्रधानमन्त्री र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डी म्याकनबीच भेटवार्ता भएको छ।

 

शनिबारदेखि इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार कार्यकारी निर्देशक सिन्डी म्याकनसँग भेट गरेका हुन्।

 

सम्मेलनपछि प्रचण्डसँग उनको भेटवार्ता भएको हो।

 

भेटवार्तामा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्र संघबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

 

प्रधानमन्त्री प्रचण्ड यही जुलाई २८ मा स्वदेश फर्किर्ने कार्यतालिका रहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =