सयकिलो सुन प्रकरणको अनुसन्धानमा प्रहरी पनि सामेल, एसपी पंगेनी खटिए

सय किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीलाई पनि सामेल गराइएको छ। गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले करिव सय किलो सुन बरामद गरेको थियो।

हङकङबाट ल्याइएको मोटरसाइकल र स्कुटरको ब्रेकसुमा सुन ल्याएको फेला परेको थियो । राजस्वले सुन बरामदम अप्रेसनमा प्रहरीको सहयोग लिएको थिएन।

त्रिदेशीय संगठित तस्करीको जालो देखिएको यो प्रकरणमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारी र एजेन्ट, भारतीय नागरिक र चिनियाँ नागरिक गरी हालसम्म १६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीलाई सुरुमा यो प्रकरणको अनुसन्धानमा सहभागी नगराएको राजस्व अनुसन्धान विभागले अहिले प्रहरीको सहयोग मागेको हो । प्रहरीले एसपी कृष्ण पंगेनीलाई यसमा खटाएको छ । एसपी पंगेनी प्रहरीको मानव बेचबिखन ब्युरोमा कार्यरत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =