साउन ८ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. साउन ०८, २०८० । ई.सं. २४ जुलाई २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ । तछलागा पिङ्गल उत्तरायण ग्रीष्म । सोमबार अधिक श्रावण शुक्लपक्ष । तिथि षष्ठी ०९:१८ बजेसम्म, त्यसपछी सप्तमी । नक्षत्र हस्त १८:५६ बजेसम्म, त्यसपछी चित्रा । योग शिव १२:५५ बजेसम्म, त्यसपछी सिद्ध । करण तैतिल ०९:१८ बजेसम्म, त्यसपछी गर २१:४६ बजेसम्म, त्यसपछी वणिज । चन्द्रराशि कन्या । आनन्दादि योग वज्र । दिनमान १३:३३ । सूर्योदय ५:२३ । सूर्यास्त १८:५६ । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कीर्तिमानी काम गर्ने समय छ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसाय बाट बढि सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभ पनि हुने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा समस्या पनि आउनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय शुभ छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । साथीभाइसँग रमाइला पलहरू व्यतीत हुनेछ । काम गर्ने जाँगर र उमङ्ग बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमणीय र सुखद् यात्राको योग छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । नयाँ कामको थालनी हुनेछ, तर बोल्दा निकै विचार पुर्याउनुहोला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । मठमन्दिरको भ्रमणले थप ऊर्जा मिल्नेछ । विद्याको क्षेत्र पनि सबल नै रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कार्य सम्पादनमा समस्या आउला । पुँजी बजारमा लगानी नगर्दा नै बेस होला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भएनि सामान खरीद गरिनेछ, तर खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । घरमा अतिथिको आगमन पनि हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नसक्छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट








