चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य नेपाल भ्रमणमा
२०८० साउन ७ गते

काठमाडौँ । चीनको चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन तीन दिने नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन् ।
उनी नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै अपराह्न ३ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
पोलिटब्यूरो सदस्य युआनले आजै सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र होटल द्वारिकामा उपप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
उनको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामिलाका कूटनीतिज्ञ शनिवार नै नेपाल आइपुगेका थिए । उनी श्रीलङ्काको भ्रमण सम्पन्न गरी नेपाल आइपुगेका हुन् ।
२०८० साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








