पूर्णबहादुर खड्का कार्यवाहक प्रधानमन्त्री
२०८० साउन ६ गते

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेसँगै खड्कालाई कार्यवहाकको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीकै सिफारिसमा खड्काले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शलजा रेग्मी भट्टराईले जारी विज्ञप्तिमा उल्लेख छ।
इटालीको राजधानी रोममा हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्।

२०८० साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








