रमेश खरेलमाथी बामदेवको आरोप – मलाई मार्न रिभल्बर बोकेर हिँडेका थिए
२०८० साउन ६ गते

पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका नेता बामदेव गौतमले नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल आफूलाई मार्न हिँडेको आरोप लगाएका छन् ।
शनिवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा गौतमले तथा हाल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रहेका रमेश खरेलले इन्सपेक्टर भएका बेला आफूलाई मार्न भनेर रिभल्बर बोकेर हिँडेको दाबी गरे ।
तीनै व्यक्तिले अहिले बामदेवको पालामा सुन तस्करी भएको थियो भन्ने गलत कुरा गरिरहेको गौतमले बताए ।
उनले भने– ‘मलाई आईजीपी अच्युत खरेल हटाएर ध्रुव प्रधान बनाउन निर्देशन आएको थियो । रमेश खरेलले त्यसबेला गृहमन्त्रीलाई जहाँ भेट्यो त्यहीँ मार्छु भनेर रिभल्बर बोकेर हिँडेको हो । मलाई मार्न हस्तलिखित पर्चा बाँडेका थिए उनले । पछि गल्ती भयो भन्दै खुट्टा समाएर माफी माग्न आएका थिए।’
२०८० साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








