सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सरकार सकारात्मक छ : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक रहेको बताएका छन् ।

शुक्रवार नेपाल रत्न तथा आभूषण संघको १८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले नेपाल रत्न तथा आभूषण संघले व्यवसायीको हक हित संरक्षणका साथै मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजश्वमा योगदान दिइरहेको बताए ।

उनी भन्छन्, ‘रत्न तथा आभूषण व्यवसायमा संलग्न भई देशभर छरिएर रहेका व्यवसायीहरूको छाता संगठनको रुपमा रहेको यस संघले व्यवसायीको हक हित संरक्षण कामका अलावा मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजश्वमा योगदान दिइरहेको छ । नेपाल सरकारले पनि यस व्यवसायको प्रवर्द्धनका लागि सदैव सकारात्मक भूमिका खेल्ने विश्वास दिलाउन चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =