गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै युवा संघको मसाल जुलुस (फोटोफिचर)

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै युवा संघले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको छ।

तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुमा गृहमन्त्रीमाथि प्रश्न गदैृ युवासंघले राजीनामा माग गरेको हो।

उनलाई यस प्रकरणका कारण पदमा बस्ने नैतिकता नभएको युवासंघको भनाई छ। यता गृहमन्त्री भने शुक्रबार नै विमानस्थल कार्यालय पुगेर निरीक्षण गरेका छन्।

अर्थमन्त्रालय अन्तरगतको भन्सार विभागका कर्मचारी निलम्बनमा परिसकेका छन् भने थप छानविनका लागि समिति समेत बनाएको छ।

तर गृह मन्त्रालयललृ सामान आउनुमा प्रहरीको कुनै दोष नरहेको दाबी गर्दै आएको छ। विमानस्थल पुगेर गृहमन्त्रीले पनि प्रहरी भन्सार जाँचपासमा संलग्न नहुने र जाँचपासमा बस्ने व्यवस्था छिट्टै गर्ने दाबी गरे।

युवा संघले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =