स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा सन्तोष कुमार देवकोटा 

काठमाडौँ । डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञ सन्तोष कुमार देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेसन निर्देशकमा नियुक्त भएका छन् ।

उनलाई अध्यक्ष दिनेशकुमार शाहीसहित टेलिभिजन परिवारले एक कार्यक्रमकाबीच स्वागत गरेको छ । देवकोटासँग छापा तथा रेडियोका साथै डिजिटल प्लाटफर्ममा एक दशकभन्दा बढी काम गरेको अनुभव रहेको छ ।

उनले यसअघि नेपाली पात्रोमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । उनी हाम्रो पात्रोका पूर्व संस्थापक एमडीको भूमिका निभाएका छन् भने नेपालको सर्वाधिक लोकप्रिय स्ट्याण्डअप कमेडी समूह ‘नेपग्याजमका संस्थापक निर्देशक समेत हुन् । २०५६ सालमा वीरगञ्जबाट प्रकाशित हुने सार्थक साप्ताहिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका सन्तोष देवकोटा लामो समय रेडियो प्रसारणमा समेत आबद्ध थिए । एक दशक यता भने उनी डिजिटल मिडिया विज्ञका रूपमा सक्रिय छन् ।

टेलिभिजन मिडियाहरूको भीडमा एक वर्षअघि प्रसारण सुरु गरेको स्पेस फोरके टेलिभिजनले पछिल्लो समय व्यवस्थापन, समाचार तथा प्रोडक्शनमा दक्ष जनशक्ति नियुक्त गरिरहेको छ । सत्य, तथ्य र अनुसन्धानमा आधारित सामग्री प्रसारण गर्ने उद्घोष सहित स्पेस फोरकेले गत भदौ ८ गतेदेखि आफ्नो प्रसारण सुरु गरेको थियो । त्यसको ठिक एक महिनापछि काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी टेलिभिजन र प्रसारणबारे सार्वजनिक जानकारी गराएको थियो ।

पछिल्लो समय स्पेस फोरके टेलिभिजनमा प्रसारण भएका सामग्री हेर्दा टेलिभिजन भ्रष्टाचार विरुद्धको अभियानमा केन्द्रित हुन खोजेको देखिन्छ । देवकोटाका अनुसार भ्रष्टाचार विरुद्धको एजेण्डाका कारण उनी स्पेस फोरकेतर्फ आकर्षित भएका हुन् । टेलिभिजन र डिजिटल प्लाटफर्मलाई सृजनात्मक ढङ्गले नयाँ कोणबाट एकाकार गर्न सकिनेमा आफू विश्वस्त रहेको उनले बताए ।

मनोरञ्जनात्मक कार्यक्रम र समाचार तथा समाचार मूलक कार्यक्रम प्रसारण गरिरहेको टेलिभिजनमा सन्तोष कुमार देवकोटाले व्यवस्थापनका साथ विशेष गरी डिजिटल प्लाटफर्मको प्रवर्द्धनमा काम गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =