सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्याे

राजस्व अनुसन्धान विभागले बरामद गरेको करिव सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ। यी मध्ये ६ जनाविरुद्ध उच्च अदालतबाट हिरासतमा राख्न अनुमति लिएको छ।

बिहीबार साँझसम्ममा थप चार जना पक्राउ परेका छन्।

बिहीबार चिनियाँ नागरिक जेछियाङ लिन विमानस्थलबाट पक्राउ परेका थिए। यस्तै राजन श्रेष्ठ र कृष्ण श्रेष्ठ कोटेश्वरबाट पक्राउ परे। पुष्करराज भट्ट पनि पक्राउ परेका छन्।

यसअघि ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, तिब्बतीयन मुलका भारतीय नागरिक थाप्तेन छिरिङ र दोलखाका रामकुमार भुजेल पक्राउ परेका थिए।

राजश्व अनुसन्धान विभागले बिहीबार नै थप व्यक्तिलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएर अप्रेसन जारी राखेको छ।

अनुसन्धानका क्रममा जोडिएका थप व्यक्तिलाई पक्राउ गर्ने राजश्वको तयारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =