साधारण ज्यामीको नाममा कसले ल्यायो सय किलो सुन ?

राजश्व अनुसन्धान विभागले पक्राउ गरेको करिव सय किलो सुनका मालिक भनिएका व्यक्ति साधारण मजदुर भएको खुलेको छ। मोटरसाइबल र स्कुटरका ब्रेकसु भित्र लुकाएर ल्याएको अवस्थामा राजश्व अनुसन्धान विभागले भन्सार पास भइसकेको अवस्थामा उक्त सुन बरामद गरेको हो।

बरामद भएको सुन बाक्सासहित जोख्दा १५५ किलो देखिएको छ। सुनको एकिन परिमाण पत्ता लाग्न बाँकी छ।

तर सुसहित आएको सामान भने दोलखा घर भएका सामान्य मजदुरी गर्ने दीलिप भुजेलको नाममा देखिएको छ। ती सामान रेडि ट्रेडर्सको नाममा आएका थिए। जुन कम्पनी दोलखाका भुजेलको नाममा रहेको खुलेको छ। कम्पनी उनको नाममा भएको र ती सामान आएको देखिएपछि उनलाई राजश्वको टोलीले पक्राउ गरिसकेको छ।

दीलिप केही समय अगाडीसम्म घर बनाउने इट्टा बोक्ने काम गर्थे। पछिल्लो समय उनी थुप्पा फ्याक्ट्रिमा कार्यरत रहेको खुलेको छ। दिलिप सामान्य आर्थिक अवस्थाको परिवारका व्यक्ति हुन्।

तर उनको नाममा अर्कैले कम्पनी खडा गरेर सुन ल्याएको आशंका गरिएको छ। उनको नाममा कम्पनी खोल्न मामा राजकुमार भुजेलले अफर गरेको दीलिपले अनुसन्धानका क्रममा बताएका छन्।

अहिलेसम्म दीलिपका आफन्तले जम्मा २० हजार रुपैयाँको लोभमा परेर दिलिपले कम्पनी खोलिदिएको बताएका छन्। तर त्यो कम्पनी कसको हो र सुन कसका लागि ल्याइएको हो भन्ने राजश्वले खुलाएको छैन। राजश्वले थप अनुसन्धान गर्न र थप व्यक्ति पक्राउ गरेर अनुसन्धान गर्न अनुमति पाइसकेको छ।

बिहीबार थप व्यक्ति पक्राउ गर्नका लागि राजश्वले अदालतबाट अनुमति लिएको छ। अहिलेसम्म एक चिनियाँ र एक तिब्बतीयन मुलका भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन्। उनीहरुलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालतले अनुमति दिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =