उपभोक्तालाई गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध छौँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली वस्तु र कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीबार नेपाल राष्ट्रिय व्यवसायी महासंघसँग गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीहरूसँग नक्कली वस्तु बेचबिखन, कालोबजारी नियन्त्रण र गुणस्तर अनुगमनका विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले नक्कली वस्तु र कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउने विषयमा सरकारी निकायहरूले दत्तचित्त भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारले विगतका सकारात्मक कामहरूलाई निरन्तरता दिँदै उद्योग व्यवसाय क्षेत्रका समस्याहरू पहिचान गरेर कमजोरीलाई सच्याएर समस्यालाई समाधान गर्न प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले यसको लागि सरकारी निकायहरू, विभिन्न उद्योग व्यवसायीहरू र उपभोक्तावादी संस्थाहरू छलफल गर्ने प्रारम्भिक छलफलको सुरुवात गरेको बताए । गृहमन्त्री श्रेष्ठले जसले कानुनको उल्लङ्घन गरेर बेथिति ल्याउने काम गर्छ उसलाई सरकारले कुनै हालतमा छुट नदिने उल्लेख गरे । उनले कानुनको पालना नगर्नेहरूलाई अनुगमन गरी कडा कदम चाल्ने बताए । उनले गुणस्तरीय वस्तुहरू सहज  रूपमा उचित मूल्यमा उपलब्धतामा समस्या रहेको बताए ।

उनले अर्थतन्त्रलाई लयमा ल्याएर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै अर्थतन्त्रलाई सुधार गरेर समृद्धको लक्ष्यमा पुग्न पनि समस्या रहेको बताए ।

उनले भने ‘यहाँ वस्तुहरू गुणस्तरमा पनि समस्याहरू छन् । सहज उपलब्धमा पनि समस्या छ । मूल्यमा पनि समस्या छ भन्ने कुराहरू पनि आइरहेका छन् । तर हामीले अर्थतन्त्रलाई लयमा ल्याएर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै अर्थतन्त्रलाई सुधार गरेर समृद्धको लक्ष्यमा पनि केही समस्याहरू देखापरेका छन् । कसरी राज्यलाई सुदृढ बनाउने,अर्थतन्त्रलाई कसरी लयमा ल्याउन सक्ने र सबै कुरालाई समन्वयात्मक रूपमा अगाडि बढाउने र अर्कोतिर उद्योग व्यवसायमा जहाँ अनियमितता भएको छ । त्यहाँ सरकारले ठिक ढङ्गले अनुगमन गर्नु पर्ने छ भने भन्सारमा पनि समस्याहरू रहेका छन् । त्यो समस्यालाई पनि सम्बोधन गर्नुपर्ने छ । त्यसैले सबै क्षेत्रमा जहाँ जहाँ समस्या छन् । त्यो समस्या समाधान गर्ने त्यसलाई समाधान गर्नका निम्ति आवश्यक पहलकदमी ढिलो नगरी गर्नु पर्ने आवश्यकता छ । विगतका सकारात्मक कामहरूलाई निरन्तरता दिँदै उद्योग व्यापारमा हाम्रा समस्याहरू कहाँ छन् । त्यसलाई पहिचान गरेर कमजोरीलाई सच्याउने समस्यालाई समाधान गर्न प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता छ । यसको लागि सरकारी निकायहरू उपभोक्तावादी संस्थाहरू विभिन्न उद्योग व्यवसायीहरूसँग छलफल गर्ने प्रारम्भिक छलफल कार्यक्रमको सुरुवात हो । जसलाई समस्या परेको छ, जहाँ कानुनको उल्लङ्घन गर्ने र बेथितिलाई छुट नदिने गरी प्रभावकारी रूपमा कदम चाल्नुपर्ने अवस्था छ । सरकारले बजार अनुगमन,नक्कली वस्तु र कालोबजारीलाई कसरी नियन्त्रण गर्ने देखि उपभोक्ताले कसरी गुणस्तरीय वस्तु सामान सहज रूपमा उचित मूल्यमा उपलब्ध गराउने विषयमा सरकारी निकायहरूले दत्तचित्त भएर काम गर्नुपर्ने भएको छ ।’

उनले राज्यलाई सुदृढ बनाउने,अर्थतन्त्रलाई कसरी लयमा ल्याउनसक्ने र सबै कुरालाई समन्वयात्मक रूपमा अगाडि बढाउन सरकार लागि रहेको बताए । उनले उद्योग व्यवसायमा अत्यधिक अनियमित रहेको भन्दै उक्त बेथितिलाई सरकारले ठिक ढङ्गले अनुगमन गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =