भद्रकुमारी घले सदन नभत्काउन उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालिन अन्तरिम आदेश दिएको छ । सेवा सदन भत्काउने महानगरपालिकाको चेतावनीपछि अदालत पुगेकी भद्र घलेले निषेधाज्ञाको माग गर्दै दिएको निवेदनमाथि सुनुवाई गर्दैै अदालतले बुधबार यस्तो आदेश दिएको हो ।

बुधबार नै महानगरको डोजरसहितको टोलीले काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनका केही संरचना भत्काएको छ ।

महानगरले बाँकी संरचनामा पनि डोजर चलाउने बताउँदै आएका बेला अदालतको यस्तो आदेश आएको हो । घलेको निवेदनमाथि सुनवाई गर्द न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो ।

अदालतले दुवै पक्षलाई छलफलका लागि आउन ८ साउनमा बोलाएको छ ।

यस्तो छ आदेश

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *