कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुने: शङ्कर पोखरेल
२०८३ असार १ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको सुझाव अनुसार पार्टी अघि बढ्ने बताएका छन् ।
पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यलाई स्वागत गर्दै उनले कार्यदलको प्रतिवेदनबाट पार्टी अझ एकताबद्ध बनाउन बल पुग्ने विश्वास व्यक्त गरे ।
प्रचार विभागका पूर्वप्रमुख राजेन्द्र गौतमले आचार्यलाई कार्यभार हस्तान्तरण गरे । विभागप्रमुख आचार्यले वस्तुनिष्ठ भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
२०८३ असार १ गते
प्रतिक्रिया
सम्बन्धित









