बालेनले भद्रकुमारी घले शिक्षा सदन भत्काउन दिएको चेतावनीप्रति अभिभावक र स्थानीय असन्तुष्ट 

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले भद्रकुमारी घले शिक्षा सदन विद्यालय भत्काउनलाई  दिएको अल्टिमेटमप्रति विद्यालयका अभिभावक र स्थानीयले असन्तुष्टि व्यक्ति गरेका छन् । शिशुस्याहारदेखि कक्षा १० सम्म रहेको उक्त विद्यालय भत्काउँदा विद्यार्थीको पढाई बिचल्ली हुनेभन्दै उनीहरूले असन्तुष्ट व्यक्त गरेका हुन् ।

५ रोपनी १२ आनामा बनेको घले सेवा सदनमा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालनमा रहेको थियो । समाजसेवाको क्षेत्रमा आफूलाई समर्पित गरेकी घलेले अनाथ, असहाय, अशक्त बालबालिका, महिला, ज्येष्ठ नागरिकहरूका लागि सो भवनमा आश्रय दिँदै आएकी छिन् ।

बालेन साहले सार्वजनिक जग्गामा भएका संरचना भत्काए पनि सदनमा भएको विद्यालय भत्काएकोमा विद्यालयका अभिभावक र स्थानीयहरू असन्तुष्ट रहेका छन् । उनीहरूले उक्त संरचना बनाउन लाग्ने खर्च महानगरले व्यहोर्नुपर्ने बताए । व्यवस्थापन नगरी भत्काउन नहुने उनीहरूको भनाइ छ ।

एक स्थानीय भन्छन्, ‘स्कुलहरू छ, गुम्बा छ , मन्दिर हो नि यो त । हामीले मन्दिर भनेर सोच्नुपर्छ । स्कुल छ । बच्चाहरू पढ्छन् । पीडित छन् बच्चाहरू । पीडित मानिसलाई सहानुभूतिपूर्ण  तरिकाले व्यवहार गर्नुपर्छ । ’

महानगरले ३ दिनभित्र संरचना खालि गर्न अल्टिमेटम  दिएको थियो । संरचना खालि गर्न ३ दिनको समय अपुग रहेको उनले बताए । महानगरको डोजरले आतङ्क बढाएको उनले बताए ।

उक्त बालगृहकामा आफ्ना छोरीलाई पढाएकी पूजा श्रेष्ठले बालबालिकाको बिजोग भएको बताइन् । अहिले बच्चाहरू निराश भएको उनको भनाइ छ । मापदण्डविपरीतका संरचना मात्र होइन, ती बच्चाहरू भविष्य पनि बालेनले हेर्नुपर्ने उनले बताइन् ।

उनले भनिन्, ‘त्यो बच्चाहरूको भविष्य पनि वहाँहरूले हेर्नुपथ्र्यो । कतिवर्ष पुरानो स्कुल यो । व्यवस्थापन नगरी भत्काउन नहुने थियो । बच्चाहरूको भविष्य हेर्दिन् पर्यो उहाँले । ल ५  कक्षाको त अन्य ठाउँमा भर्ना गर्छौँ । ९, १० का बच्चाहरू के गर्छन् ?’

उनले भनिन् ‘मेरो बच्चा नि पढिरहेको छ यहाँ, बच्चाहरूको पढाई बिचमा भयो, कि त यो शैक्षिक पूरा हुन्  दिनुपर्यो , नभए यत्तिकै गर्न हुदैँनथ्यो बालेन साहले । नयाँ शैक्षिक सत्र पूरा भएपछि भत्काउनु भए केही थिएन ।’

उनले पश्चिम तिरबाट होस्टेल बसेर पढेकाहरू बालबालिकाहरू पनि रहेको बताइन् । विशेषतः ती विद्यार्थीहरू समस्यामा परेको उनले बताइन् ।  महानगरले दिएको ३ दिन समय अपुग रहेको भन्दै उनले असन्तुष्टि जनाइन ।

भनिन्, ‘१ महिनासम्मको समय दिएको भए पनि कहि गएर बस्नु पाउँथ्यो, कोठा पाउँथ्यो, भन्नेवित्तिकै कहाँ कोठा पाउनु जम्मा ३ दिनको समय दिएको अरे । धनी पनि होइन हामी गरिब पनि होइन यो अधमरो बस्नु चैँ धिक्कारै रहेछ ।’

उनले आफू निम्नवर्गको भएकाले समस्यामा परेको बताइन् । उनले गरिब भए माग्न जान मिल्ने र धनी भए लाखौँ रुपियाँ खर्चेर अन्तै जान मिल्ने तर निम्नमध्यम वर्गको भएकाले अधमरो भएको बताइन् । उनले भनिन् ‘गरिब भनेर माग्न जाऊँ कसैले दिँदैन् । धनी भनौँ भने धन सम्पत्ति छैन ।’

महानगरले संरचना भत्काएकोमा असन्तुष्टि जनाउँदै अर्का स्थानीय भन्छन् ‘सडक भाडामा लिएर बसेका चैँ भत्काउने । नियमविपरित सबै भत्काउने भए त्यो गुम्बा किन भत्काएन रु सानो फलफूल थापेको पसल थियो । त्यो हटाउने । यिनीहरू नहटाउने यो नीति के हो ? गुम्बा कसको हो ? पल्लोघर कस्को हो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *