सार्वजनिक खरिद नियमावलीलाई संशोधन गरी समयसापेक्ष बनाउनुपर्छ : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐनलाई संशोधन गरी वर्तमान आवश्यकतासँग मिल्ने गरी बनाउने तयारीमा रहेको बताएका छन् । बुधबार ६१ औँ इन्जिनियर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् । उनले अहिले भएको सार्वजनिक खरिद ऐन धेरै पुरानो भएको भन्दै वर्तमान प्रविधिसँग मिल्ने नियमावली संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

नयाँ–नयाँ प्रीवधिको विकास भएर एक सेकेण्डमा विश्वभर सूचना पुग्ने अवस्थामा पनि ३५ दिने सूचना भएको नियमावली बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । उनले सार्वजनिक खरिद ऐनकै कारण सयौँ आयोजनाहरु अलपत्र परेर बसेको बताए । उनले सार्वजनिक खरिद ऐनबाट सरकार र विकास निर्माणका आयोजनापीडित रहेको बताए ।

उनले सार्वजनिक खरिद ऐनलाई विकास र जनमैत्री बनाउन आवश्यक रहेको बताए । उनले अर्थसमिति सभापति हुँदा दिएको रिपोर्ट अहिले थन्किएर बसेको थाहा नभएको बताए । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सार्वजनिक खरिद नियम संशोधन गर्ने प्रक्रिया अगाडि बढाउन पाउने भए अघि बढाइसक्ने भए पनि बिपिआएओमार्फत अगाडि बढ्नुपर्ने भएको हुनाले सहज रुपमा संशोधनको प्रक्रियामा जान नसकेको बताए ।

उनले सार्वजनिक खरिद ऐनमा जति पनि बिलोमा राख्न पाउनुपर्ने व्यवस्थाले पनि धेरै आयोजना अलपत्र परेको बताए । यतिबेला सरकार भ्रष्टाचारको बिरुद्धमा भ्रष्टाचारीहरुलाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताउनको भनाइ छ । मन्त्रालयसँग जोडिएका कतिपय आयोजनाहरु अहिले पनि अलपत्र रहेको भन्दै सरकारले रुग्ण आयोजनाहरुलाई छलफल गरेर किनारा लगाउने पक्षमा रहेको बताए । उनले काम गर्न सकिने आयोजनाहरुमा काम गर्ने र नसकिने आयोजनाहरुको हकमा नयाँ विकल्पमा जाने तयारी सरकारको रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *