नेपाल खेलको माध्यमबाट विश्व विजयी हुनसक्छ : मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाल खेलको माध्यमबाट विश्व विजयी हुनसक्ने बताएका छन् ।

व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बुधबार मन्त्रालयमा बिदाई गर्दै यस्तो बताएका हुन् । उनले नेपाली खेलाडीले थप मेहनत गर्दै जाँदा खेलबाट विश्व जित्ने सम्भावना बढीरहेको बताए । उनले खेलाडी भण्डारीले व्यवसायिक फुटबलमा पनि राम्रो कौशल प्रदर्शन गरी इजरायलसँगको नेपालको सम्बन्धलाई थप प्रगाढ बनाउने बताए । उनले युरोप लिग खेलिसकेपछि त्यसले नेपालको फुटबलमा पनि राम्रो विकास हुने अपेक्षा गरेको बताए । उनले नेपाली खेलाडीले थप मेहनत र अनुशासित भएर खेल्नुपर्ने बताए ।

मन्त्री लिम्बूले खेलकुदको थप विकास गर्ने कुरामा मन्त्रालय प्रतिवद्ध रहेको बताए ।

उनले भने, ‘सावित्रा बहिनी नेपालको फुटबलमा राम्रो दखल राख्ने खेलाडीको रुपमा स्थापित व्यक्तित्व हो । उहाँको खेल जीवन अझै वृद्धि विकास होस्, अझै अघि बढोस्, र नेपालकोृ नेतृत्व गर्न सक्षम हुनुहोस् । त्यसका लागि इजरायलको क्लवमा अनुवन्ध भएर युरोपियन लिग खेल्ने जुन अवसर प्राप्त गर्नुभएको छ, यो अवसरलाई नेपालको फुटबल खेलको विकासका लागि पनि प्रयोग गर्नसक्ने क्षमता विकास गर्नुस् । आफ्नो कला प्रदर्शन गरी थप अघि बढ्नसक्ने परिस्थिति निर्माण गर्नसक्नुस् भन्ने सुवेक्षा व्यक्त गर्न चाहन्छु । यसमा विशेष गरी इजरायल सरकारलाई धन्यवाद दिन चाहन्छु । इजरायलसँग हाम्रो लामो दौंत्य सम्बन्ध छ । अहिलेसम्म विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । खेल क्षेत्रबाट नेपाल र इजरायलको सम्बन्ध झनै बढाउनुपर्छ । हामी खेलको माध्यमबाट संसारमा विजय गर्नसक्छौँ भन्ने देखिएको छ, त्यसैले नेपाली खेलाडीले थप मेहनत गर्नुपर्छ, अनुशासित भएर अघि बढ्नुपर्छ । खेलकुदको थप विकास गर्नेकुरामा मन्त्रालय प्रतिवद्ध छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *