कांग्रेस केन्द्रीय समिति बैठक जारी, प्रदेश समितिलाई उपेक्षा नगर्न नेता शर्माको आग्रह

काठमाडौँ । मंगलबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि जारी रहेको छ । बुधबारको बैठकमा पनि कांग्रेस केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राखिरहेका छन् ।

बैठकमा आफ्ना धारणा राख्दै कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको बताएका छन् ।

बुधबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले प्रदेश समितिलाई उपेक्षा गर्ने गरिएको बताएका हुन् । पार्टीका नेताहरु प्रदेश समितिसँग समन्वय नगरिकन सिधै जिल्ला र स्थानीय तहमा जाने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले पार्टीका कार्यक्रममा प्रदेश कमिटीलाई बाहिरै राख्ने गरिएको उल्लेख गरे । आगामी दिनमा त्यसो नगर्न आग्रह गरे । प्रदेशलाई कम महत्व दिए पार्टी संगठन कमजोर हुने उनको भनाइ छ । उनले जिल्ला समितिहरु प्रदेशप्रति जिम्मेवार हुनुपर्ने बताए ।

उनले प्रदेश सभापतिलाई केन्द्रीय समिति बैठकमा विधानसम्मत् ढंगले उपस्थित गराउन माग गरे । सभापति शर्माले कांग्रेस भित्र र बाहिर कांग्रेसको विकल्प खोज्न थाल्नु देशका लागि दुर्भाग्यपूर्ण भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *