साउनमा हरियो पोते मोह (तस्बिरहरू)

काठमाडौँ । हिन्दुहरूले साउनलाई भगवान् शिवको महिनाका रूपमा लिन्छन् । हिन्दु महिला तथा पुरुषले साउन महिनाभर भगवान् शिवको पूरा आराधना गर्ने गर्छन् ।

साउनमा हिन्दु महिलाहरू हातमा हातमा मेहन्दीसँगै हरियो चुरा र हरियो तथा पहेँलो पोते लगाउने गर्छन् । जसकारण अहिले बजारमा हरियो पोते र चुरा किन्नेहरूको भीड देख्न सकिन्छ ।

साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाइ सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् र महादेवबाट सौभाग्य पाइन् भन्ने मान्यतालाई अनुसरण गर्दै साउनमा हरियो चुरा, पोते र हातमा मेहन्दी लगाउने चलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *