केन्द्रीय समिति बैठक

आजदेखि कांग्रेस केन्द्रीय सदस्यहरूले धारणा राख्ने

काठमाडौँ । मंगलबारबाट सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । बिहान ११ बजेपछि सुरु केन्द्रीय कार्यालयमा सुरु हुने बैठकमा केन्द्रीय समितिका सदस्यले धारणा राख्ने भएका हुन् ।

प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रतिवेदन पेस गर्दै सकिएको थियो । मंगलबार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा राखेका थिए । त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए ।

बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ । पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा विषय राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *