नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज के–के भयो ?

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठक सकिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठक नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको हो । दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डाहरु राखेको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।
त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेको बताए । उनका अनुसार बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ । त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिनुभएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेको उनले जानकारी गराए ।
बैठक भोलि(बुधवार) बिहान ११ बजेका लागि बोलाइएको छ । भोलिबाट प्रत्येक केन्द्रीय समिति सदस्यहरूलाई बोल्नका लागि ७ मिनेटको समय उपलब्ध गराइने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =