मिटरब्याजसहितका विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत पारित

मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकले मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको हो।
राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रश्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रश्तुत गरेका थिए।
प्रश्तावमा प्रतिनिधि सभाका १४ जना सांसदहरुले संशोधन प्रश्ताव दर्ता गरेका थिए। सांसदहरुले दर्ता गराएको संशोधनमा मन्त्री गुरुङले प्रश्तावमा एकीकृत गरेर लैजाने प्रतिवद्धता जनाएपछि विधेयक सर्वसम्मतिले पारित भएको हो ।
विधेयक पारित भएसँगै मिटरब्याजबाट पीडित भएकाहरुले न्याय पाउने प्रक्रिया सहज हुने भएको छ। यसबीचमा अध्यादेश मार्फत ल्याएको निस्क्रिय हुँदा मिटरब्याजीलाई कारबाही गर्न कानुनबिहिनताको अवस्था थियो।








