देशभरी गुठिसँग सम्बन्धी जग्गामा समस्या छ : गोकुल वाँस्कोटा 

काठमाडौँ । नेकपा(एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले देशभरी गुठिसँग सम्बन्धी जग्गाहरूमा समस्या रहेको भन्दै समस्या समाधानका लागि माग गरे । उनले वर्षौँदेखि जमिन जोतिरहेकाहरूको आफ्नो नाममा जग्गा आउन नसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘देशैभरी गुठिसँग सम्बन्धित समस्या छ । हाम्रो सरकार, हामी राजनीतिक दलहरू सबै हामी समाजवादी हौँ भन्छौँ । र किसानलाई न्याय दिन्छौँ भन्छौँ । तर जसले जमिन जोतिरहेको छ, वर्षौँदेखि, पुस्तौँ पुस्तादेखि तिनका नाममा बाबु, बराजु सबै बितिसके । आजपनि उनको जमिन दर्ता हुन सकेको छैन । ती खोटो माल भएका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =