सरकारले आन्दोलनरत सहकारीकर्मीहरूको माग पूरा गर्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले आन्दोलनरत सहकारीकर्मीहरुको माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री शर्माले सहकारीकर्मीहरु आन्दोलनरत भएको भन्दै उनीहरूको माग सम्बोधन गर्न सरकार समक्ष माग राखेका हुन् । उनले केही सहकारीका कारण देशभरका सयौँ सहकारीहरू आलोचित भइरहेको भन्दै सहकारीको नियमन गर्नुपर्ने बताए । उनले श्रमिकको न्यूनतम ज्याला अभिवृद्धि गर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
उनले भने ‘सहकारीकर्मीहरु आन्दोलनमा छन् । र केही सहकारीको कमजोरीको कारण देशका सयौँ सहकारीहरू आलोचित पनि भएका छन् । सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने, सहकारीकर्मीहरु सँग सम्वाद गरेर, माग पूरा गरेर सम्बोधन गर्न म आग्रह गर्दछु । हरेक दुई वर्षमा नेपाली श्रमिकहरूको न्यूनतम ज्याला तोकिने व्यवस्था छ । भोली साउन १ गतेदेखि तोकिनुपर्नेमा १५ हजार न्यूनतम ज्यालालाई अभिवृद्धि गर्ने सन्दर्भमा सरकार, रोजगारदाता र श्रमिकहरूको प्रतिनिधिको बिचमा संवाद गरेर टुङ्गो पुर्याउनुपर्नेमा सरकारले टुङ्गो गरेको छैन ।’








