बजेटसम्बन्धी ३ विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ आर्थिक वर्षको बजेटसम्बन्धी ३ वटा विधेयक प्रमाणिकरण गरेका छन् । संसदको दुबै सदनले पारित गरेपछि प्रमाणिकरणका लागि पठाइएका ती विधेयकहरु उनले प्रमाणिकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले विनियोजन विधेयक २०८०, राष्ट्र ऋण उठाउने विधेयक २०८० र आर्थिक विधेयक २०८० प्रमाणिकरण गरेका हुन् ।

प्रमाणीकरण गरेर ऐनका रुपमा लिएका यी विधेयकहरु १ साउन २०८० बाट कार्यान्वयनमा आउने छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *