श्रमिकको ज्याला न्युनतम २५ हजार बनाउन माग गर्दै प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ । श्रमीकको ज्यालावृद्धि गर्न माग गर्दै ट्रेड युनियन काँग्रेस प्रदर्शन नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । आइतबार काठमाडौँको माइतीघरमा भेला भई सत्तारुढ दल नेपाली कांग्रेसको संगठन नेपाल ट्रेड युनियन कांग्रेसले दबाबमूलक प्रदर्शन गरेको हो । हरेक दुई वर्षमा श्रमिकको पारिश्रमिक बढाइने र सोहीअनुसार काम अहिले अघि बढिरहे पनि सरकारलाई खबरदारी गर्न दबाबमूलक कार्यक्रम गरेको नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए । उनले यो कार्यक्रममा एक हप्ता यता निरन्तर चलिरहेको बताए । उनले सरकारलाई श्रमिकको न्युनतम पारिश्रमिक कम्तीमा २५ हजार बनाउन स्थानीय तह र प्रदेश सरकारमा ज्ञापन पत्र बुझाइसकिएको र आज केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउने बताए ।

नेपाल ट्रेड युनियन कांग्रेस उनीहरुले श्रमीकको न्युनतम पारीश्रमीक २५ हजार कायम गर, श्रम आयोग गठन गर, नीति, निर्माण तहमा श्रमीकको प्रतिनिधित्व व्यवस्था गर, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर, स्थानीय तहमा श्रमिकको पञ्जीकरण गरलगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित नारा लगाएर सरकारलाई दबाब दिएका थिए ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *