कार्यालयभित्रको अवाञ्छित चलखेल रोक्ने गृहमन्त्रीको ध्येय

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रूपमा सरकारी सेवा लिनसक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन् । आइतबार सिंहदरबारमा भएको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ र सुरक्षा निकायका पूर्व उच्च अधिकारीबीच शान्ति सुरक्षा सुदृढीकरणका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आन्तरिक रूपमा सरकारी संगठनहरुलाई संस्थागत गरी सुदृढ बनाउने काम सरकारले गरिरहेको बताए । हाम्रो गृह मन्त्रालय अन्तर्गतको कर्मचारी प्रशासनमा हाम्रो नेपाल प्रहरीमा, सशस्त्र प्रहरी बल,नेपाल, राष्ट्रिय अनुसन्धान वा अरुपनि सरकारका कर्मचारी संयन्त्रदेखि लिएर सबै ठाउँमा हामीले विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र उनीहरूलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? । विधिको पालना, संस्थागत काममा, आफूलाई भ्रष्टाचार र अनियमितताबाट मुक्त गरी स्वच्छ कसरी बनाउने ? र जनमुखी अभिमुखीकरण कसरी गर्ने भन्नेकुरामा ध्यान नदिईकन जनतालाई जनताको क्षेत्रमा, देशमा, समाजमा सुशासन स्थापित गर्ने र जनताको डेलिभरी सहजतापूर्वक छिटो उपलब्ध गराउने काम वा आफूलाई दिएको जिम्मेवारी जनताको पक्षमा सम्पन्न गर्ने काम त्यति प्रभावकारी हुन सक्दैन भन्ने हाम्रो अनुभूति छ,’ उनले भने ।

मन्त्री श्रेष्ठले सरकारी कार्यालयभित्र अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्न निर्देशन दिए । ‘आन्तरिक रूपमा हाम्रा संगठनहरुलाई कसरी हामीले संस्थागत काममा लगाउने, त्यहाँभित्र कसैलाई पक्षपात भएको अनुभूति गर्न नदिने, प्रणालीमा काम गर्ने, अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्नुपर्छ,’ उनले भने, ‘कार्यदक्षता प्रभावकारी नबनाई काम गर् भनेर परिणामको मात्रै अपेक्षा गर्न सकिँदैन । यसमा पनि हाम्रो ध्यान दिनुपर्छ । डेलिभरी छिटो र सहज ढंगबाट दिन संयन्त्र कसरी परिचालन गर्ने भन्नेमा हाम्रो ध्यान जान जरुरी छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *