बालेनको कविता : हामी जति बिकाऊ भए पनि, आत्माले आफू बेच्दैन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह कामका कारण जति चर्चामा छन् त्यो भन्दा कम छैनन् सामाजिक सञ्जालका कारण। सामाजिक सञ्जालकै कारण अहिले उनी सर्वोच्चमा मुद्दा खेपिरहेका छन् ।

कहिले दलहरूलाई गाली गर्छन् । कहिले न्यायालयलाई । आफूविरुद्ध आएका हरेक टीकाटिप्पणीको जवाफ उनले सामाजिक सञ्जालबाट दिएरै छाड्छन् ।

तर उनले शनिबार भने कविता लेखेका छन्।

  • यस्तो छ बालेन्द्रको कविता :

हामी मनुष्यलाई एक दिन मर्नुपर्छ,

कसैलाई याद हुँदैन,

दैनिक याद हुनु राम्रो कुरा पनि हैन।

तर बिर्सिनु पनि त सही छैन ।।

एक दिन यो पाउले धर्ती टेक्दैन,

एक दिन यो शरीरले हुरी छेक्दैन ,

एक दिन यो आँखाले संसार देख्दैन ,

एक दिन हातले मनको कुरा लेख्दैन ,

इतिहास लेख्छौँ, तर गल्ती मेट्दैन ,

एक दिन ,

हामी जति बिकाऊ भए पनि,

आत्माले आफू बेच्दैन ।।

(तस्बिर सच्याइएको छ- सम्पादक)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *