सीता दाहालको गरिएन काजकिरिया, बारिएन नुन
२०८० असार २९ गते

पत्नी वियोगमा रहेका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारका सदस्यहरूसहित दिवङ्गत सीता दाहालको निधनमा बालुवाटारमा श्रद्धाञ्जली अर्पण गर्न तथा समवेदना दिन आउने आगन्तुकहरुहरूसँग भेटघाट । तस्बिर : रत्न श्रेष्ठ/रासस
काठमाडौँ । बुधबार निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको काजकिरिया गरिएको छैन । यसअघि छोराको निधन हुँदा काजकिरिया नगरेका प्रचण्डले धर्मपत्नीको निधनमा पनि काजकिरिया नगरेका हुन् ।
धार्मिक विधिअनुसार काजकिरिया नगर्ने सल्लाह भएको र त्यसैअनुरूप शोक मात्र मनाइएको परिवारका सदस्यहरूले बताएका छन् । बुधबार दिउँसो पशुपति आर्यघाटमा भने धार्मिक विधिअनुसार नै सीताको दाहसंस्कार गरिएको थियो । उनलाई प्रधानमन्त्री आफैँले दागबत्ती दिएका थिए । त्यस बेला दाहाल दम्पतीका दुई छोरी पनि सँगै थिए ।
सीताको निधन भएसँगै शोक मनाउने क्रममा परिवारका सदस्यहरूले नुन पनि नबारेको बताइएको छ । ६९ वर्षकी सीताको बुधवार काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको थियो । –बीबीसीको सहयोगमा
२०८० असार २९ गते
प्रतिक्रिया
सम्बन्धित








