बालुवाटार जग्गा प्रकरणमा भूमि व्यवस्था विभागका पूर्व महानिर्देशक र इन्जिनियर पक्राउ

बालुवाटार जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार भूमि व्यवस्था विभागका पूर्व महानिर्देशक रुद्रप्रसाद श्रेष्ठ र चिफ डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठलाई पक्राउ गरेको एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए।

उनीहरुलाई काठमाडौंबाटै पक्राउ गरेको हो। यो सँगै बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ। यसअघि पक्राउ परेका १४ जनालाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदलात काठमाडौंले मंगलबार अनुमति दिएको छ।

उनीहरुविरुद्ध किर्ते र संगठित अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ। यो कसुरमा ६० दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =