गन्हाउने फूलको लोभलाग्दो सुन्दरता (तस्बिरहरू)

काठमाडौँ । प्रकृति मानवको सबैभन्दा नजिकको साथी हो । मानवजस्तै प्रकृतिका अनेक जीवन्त वनस्पतिहरु छन् जाे उम्रन्छन्, बढ्छन्, हुर्कन्छन्, ढकमक्क फुल्छन् अनि ओइलाउँछन् । ती मध्ये एक हो– गन्हाउने काँडा । 
यो फूलको नाम गन्हाउने काँडा भए पनि यसको सुन्दरता वास्तवमै लोभलाग्दो देखिन्छ । यस फूलका थुँगा अनेकौँ सुइरो मिलेर बनेको हुन्छ । यसको रङ्ग केही पहेलो, रातो, गुलाबी, बैजनी र सुन्तला रङ्गको हुने गर्दछ । यसको फल हरियो झुप्पा हुने गर्दछ । जुन पाकेपछि कालो बन्छ । यी फूलहरू एकदमै कमजोर हुने भएकाले खासै मानिसको प्रयोगमा आउँदैनन् । पानी पर्नसाथ मौलाएर आउने यी फूलहरू अहिले ढकमक्क फुलेका छन् ।
गन्हाउने काँडा फुल फूल्ने वनस्पति अन्तर्गत पर्दछ । यसको वैज्ञानिक नाम लान्टाना क्यामेरा हो । यसलाई लान्टाना अकुलेटा एल र लान्टाना आर्माटा नामले पनि चिनिन्छ ।
 
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *