रुस सेनामा नेपालीहरू भर्तीबारे दूतावासलाई खोजी गर्न भनेका छौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुस सेनामा नेपालीहरू भर्ती भएको वा नभएको भन्नेकुरा सरकारलाई जनकारी नरहेको बताएका छन् ।
सोमवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएपनि सरकारलाई हालसम्म यसबारेमा कुनै जानकारी नरहेको बताए । उनले यसबारेमा जानकारी लिनका लागि सरकारले मस्कोस्थित दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिइसकेको बताए ।
उनले भने ‘रसियन सेनामा नेपाली भर्ना सम्बन्धमा अहिले बाहिर मिडियामा आएको कुरालाई लिएर मस्कोस्थित दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिएका छौँ । यसमा कुनै तथ्य, केही अन्तर्राष्ट्रिय मिडिया र केही सामाजिक सञ्जालमा यी कुरा आएपनि वास्तविक तथ्य, यो मान्छे, यो ठेगानाको यसरी यो सेनामा भर्ना भएको छ भन्ने किसिमको आइसकेको छैन । यसमा अध्ययनको चरणमा छौँ ।’
मन्त्री साउदले रुस सेनामा नेपालीहरू भर्ती भएको विषय सरकारको अध्ययनको चरणमा रहेको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =