चीनसँगका नाका प्रधानमन्त्रीको चीन भ्रमणपछि सञ्चालन हुनेछन् : मन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सरकारले छोटो समयभित्रै नेपाल—चीन कोरला नाका सञ्चालन हुने बताएका छन् ।
सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चीन सरकारसँग नाका खुलाउनेबारे विशेष छलफल भइरहेको र तातोपानी नाका खोल्ने प्रयास भइरहेको बताए । उनले कोरला नाकाको हकमा दुवैतिरको सडक सञ्जाल व्यवस्थित बनाएर मात्रै खोल्न आवश्यक रहेको बताए । उनले चीनसँगका टिकर, हिल्सा, किमाथांकालगायतका नाकाहरू खोल्न र स्तरोन्नति गर्न कूटनीतिक पहल गरिरहेको बताए ।
उनले भने, ‘नाकाबारेमा कुरा आएको छ, विशेष गरी उत्तरतिरका नाकाको सम्बन्धमा धेरै लामो समयदेखि भूकम्पदेखि नै उत्तरतिरका नाका रेगुलेट हुन सकेको छैन, भर्खरै रसुवा नाका खुलेको छ, त्यहाँ केसी इस्यु छन्, त्यसमा छलफल छन्, तातोपानी पनि खोल्ने प्रयास भइरहेको छ । कोरला नाकाको हकमा पनि दुवैतिरको सडक सञ्जाल व्यवस्थित बनाएर खोल्नुपर्छ । नेपालतिर इन्फास्ट्रक्चर बनाउन सरकार गम्भीर छ, त्यहाँ पूर्वाधार तयार गर्न छलफलमा छौँ । केरुङ र तातोपानी नाका नियमित चलिरहेका थिए । अब सर्ट एण्ड टाइमभित्र कोरला नाका चलाउन सक्छौँ । ५,६ वटा चीनसँगको सिजनल नाकाहरू र टिकरदेखि हिल्सा, किमाथांका लगायतका नाकाहरू अपटेड र अपग्रेड गर्दै पहुँच बिस्तार गर्दै रेगुलेट र स्तरोन्नति गर्ने कुरामा कूटनीतिक पहल गरेका छौँ । प्रधानमन्त्रीज्यूको चीन भ्रमणमा यसलाई अघि बढाउनेमा छलफल हुनेछ ।’
मन्त्री साउदले चीनसँगका नाकाहरू प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणपछि अघि बढ्नेमा विश्वस्त रहेको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =