परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शिशु प्रदर्शनी हुने, गरियो आवेदन आह्वान
२०८० असार २५ गते

५८औँ शिशु प्रदर्शनीमा प्रथम शिशु तथा परिवार । तस्बिरस् रत्न श्रेष्ठ/रासस
काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले शिशु प्रदर्शनी गर्ने भएको छ । अस्पताल आउँदो भदौ १ गते ५९औँ शिशु प्रदर्शनी गर्ने भएको हो ।
अस्पतालले प्रसूति गृहमै जन्मेर एक वर्षसम्मका शिशुलाई प्रदर्शनीमा सहभागी सोमबार एक सूचना जारी गरेको हो । जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि छ महिनासम्म र छ महिना एक दिनदेखि एक वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई भाग लिन आह्वान गरेको छ ।
प्रदर्शनीमा सहभागी गराउन चाहने अभिभावकले असार २५ गतेदेखि साउन २४ गते सम्म दरखास्त दिनुपर्ने हुन्छ । प्रदर्शनीमा उत्कृष्ट हुने शिशुलाई भदौ २० गते अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार र प्रमाणपत्र दिइने छ ।

२०८० असार २५ गते
प्रतिक्रिया








