गायक रोविन तामाङको शव आइतबार बिहान श्रद्धाञ्जलीका लागि नाट्य एकेडेमीमा राखिने
२०८० असार २३ गते

नेपाल म्युजिक फेस्टिवल २०१२ मा बजाउँदै रविन तामाङ ।
गायक रोविन तामाङलाई श्रद्धाञ्जली अर्पण गर्न आइतबार बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिने भएको छ।
आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएको हो।
त्यसपछि अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लग्ने कार्यक्रम छ।
रोविनको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।
२०८० असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








