जेठी श्रीमतीको हत्या गरेका पीताम्बरले गरे आत्महत्या
२०८० असार २२ गते

फाइल फाेटाे
इलाम । इलामको माइजोगमाई–२ मा श्रीमतीको हत्या गरी श्रीमानले पनि आत्महत्या गरेका छन् । बिहीबार राति माईजोगमाई– २ का ५७ वर्षीय पीताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती राधिका खतिवडा घिमिरेको भान्सा घरमा हत्या गरी घर बाहिरको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
खतिवडाका दुई श्रीमती थिए । कान्छी श्रीमती सीता खतिवडासँग बस्दै आएका पीताम्बरले राति जेठी श्रीमतीको घरमा गएर उक्त घटना घटाएको प्रारम्भिक जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन् । कान्छी श्रीमती सीता भने बिहीबार माइती गएको र जेठी श्रीमतीकी छोरी रचना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
२०८० असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








