बालेनको टिप्पणी- प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदमाथि शंका लाग्यो

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डभन्दा उनलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शंका लागेको टिप्पणी गरेका छन् ।

बिहीबार फेसबुक स्टाटसमा बालेनले लेखेका छन्, ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शंका लाग्यो ।’

बालेनले प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचनमा दिएको अभिव्यक्तिलाई संकेत गर्दै उक्त टिप्पणी गरेका हुन् । बालेनले अगाडि लेखेका छन्- ‘दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा ।’

उनले यही सन्दर्भलाई उल्लेख गर्दै आफू मात्र अदालतको अपहेलनामा परेको भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =