संविधान र कानुनको प्रतिकुल हुनेगरी विज्ञापन गर्न पाइँदैन : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुनको प्रतिकुल हुनेगरी कुनैपनि कुराको विज्ञापन गर्न नपाइने बताएकी छन् ।
बिहीबार राष्ट्रिय विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालासँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले संविधान र कानुनले गरेको व्यवस्थाको प्रतिकुल हुनेगरी विज्ञापन गर्न नपाइने बताएकी हुन् । उनले पछिल्लो समय डिजिटल माध्यममा औषधिको समेत विज्ञापन गर्ने गरिएको भन्दै यसले मानव स्वास्थ्यमा समस्या नै देखा परेको बताइन् । उनले के–के कुराको विज्ञापन गर्न पाइने र के–के कुराको विज्ञापन गर्न नपाइने हो भन्ने कुरामा कडाइ हुनुपर्ने बताइन् । यद्यपी यस सम्बन्धमा कानुनी व्यवस्था भएपपनि कानुनी दायरा र सजायको पाटो भने कमजोर भएको उनको भनाई छ ।
उनले भनिन्, ‘कतिपय गलत विज्ञापनका कारणले गर्दा मान्छेका ज्यान जाने कुराहरू पनि छन् भन्ने देखिन्छ । पछिल्लो समयमा के देखिन्छ भने स्वास्थ्य सँग सम्बन्धित, औषधिका विज्ञापन । डिजिटल माध्यममा आएका विज्ञापनले गर्दा खेरी औषधिको सेवन पनि गर्ने गरेको देखिएको छ । त्यसकारणले के–के कुरा विज्ञापन गर्न पाइन्छ ? के–के कुरा पाइँदैन ? भन्ने कुरामा कडाइ हुनु जरुरी हुन्छ । अर्कोकुरा हामीले संवैधानिक र कानुनी रूपमा गरेको व्यवस्था प्रतिकुल हुने गरेर विज्ञापन गर्न पाइँदैन । त्यो कुरा तपाईँहरूको आचारसंहीतामा पनि छ । विज्ञापन ऐनमा पनि छ । सबैमा छ । तर त्यो भइराखेको छैन । त्यसको कानुनी दायरा, कानुनी सजायको पाटो अलि कमजोर जस्तो मलाई लाग्छ । कयौँ हामीलाई विकृत लाग्ने कुराहरू, हाम्रो संविधान प्रतिकुल हुने कुराहरू पनि अहिले त सामाजिक सञ्जालको जसरी विकास भएको छ, यो सबैतिर हुने जुन विज्ञापनहरू छन् ती विज्ञापनहरूले हाम्रो कानुनी अभ्यासहरूलाई पक्रेका छन् कि छैनन् ? हाम्रो संविधान र कानुनको मर्म अनुरूप छन् कि छैनन् भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ । कानुनी रूपमा हामीले अगाडी बढाउनु जरुरी छ ।’
उनले अनलाइन सपिङ गर्न पाउने कि नपाउने भन्ने विषयमा समेत आफूहरूले छलफल गरिरहेको भन्दै यस सम्बन्धमा पनि कानुन बनाइने बताइन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =