राष्ट्रियसभा बैठक बिहीबार बस्नेगरी स्थगित, मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय

काठमाडौँ । मिटरब्याज पीडितलाई न्याय दिन सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको छ ।

सरकारले अध्यादेश ल्याएको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर पास गर्नुपर्नेमा ६० दिनभित्र पास नहुने भएपछि निष्क्रिय भएको हो ।

उक्त अध्यादेश प्रतिस्थापन विधेयक १५ असारमा पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो । प्रतिनिधि सभाले बुधबारसम्म पारित गरेर राष्ट्रिय सभामा पठाउनु पर्ने र राष्ट्रिय सभाले बुधबार नै पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्ने थियो ।

बैठक नै स्थगित भएकोले अब उक्त प्रक्रिया पूरा नहुने भएको हो ।

प्रतिपक्षी दल नेकपा एमालेले संघीय सभाका दुवै सदको बुधबारको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *