राष्ट्रिय सभामा एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ ।

बुधबार राष्ट्रियसभा बैठक सुरु हुने वित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।

प्रधानमन्त्री दाहाल १८ असारमा व्यवसायी सरदार प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले तत्काल प्रधानमन्त्रीले राजीनामा दिन माग गरे।

प्रधानमन्त्रीले भारतीय मुलका व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको र भारतकै आग्रहमा आफू प्रधानमन्त्री बनेको आशय व्यक्त गरेका थिए । यसले नेपालको सार्वभौमिकतामा गम्भीर आधात परेको भन्दै उनले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।

‘गत १८ गते भारतीय नागरिक प्रितम सिंहको ८८ औं जन्मदिनको अवसरमा उनको छोरीले लेखेको पुस्तक विमोचन विमोचन गर्ने सन्दर्भमा हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर देशव्यापी कौतुहलता जागेको छ।’, उनले भने, ‘हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्त गर्छ। कसेको इसारामा हुन्छरु प्रधानमन्त्रीजीले प्रितम सिंह मलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको बताउनु भयो। दिल्लीमा राजनीतिक वातावरण बनाएको बताउनु भएको छ। यहाँ ब्यापार, बिजनेश गर्न बसेको भारतीय नागरिकले यहाँ देशका नेताहरुसँग समन्वय गर्छ। उहाँ स्वयम्ले यो कुरा अभिव्यक्त गर्दा लज्जित भएका छौं। हामीलाई लज्जाबोध भएको छ। हामी कुन देशका नागरिक हौँरु हामीले हाम्रो देशको प्रधानमन्त्री बनाउँदा यो देशका सार्वभौमसत्ता सम्पन्न संसदले बनाउँछ कि भारतको इसारामा, दिल्लीको इसारामा बन्छरु’, उनले भने, ‘यसरी भारतको इसारामा बन्ने प्रधानमन्त्री हामीलाई ग्राह्य छैन। त्यो प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन। त्यसकारण हामी प्रधानमन्त्रीले यो देशका प्रधानमन्त्री जुन भनिरहनु भएको छ। उहाँले राजीनामा दिनु पर्छ। भारतको इसारामा, भारतको नेतृत्वमा, भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन’, उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा नदिउन्जेलसम्म यो बैठक अवरुद्ध गर्दर्छौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *