ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरी : सांसद पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ढलको व्यवस्थापन नभएसम्म काठमाडौँ उपत्यकाका नदीहरू सफा बन्न नसक्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौँका नदीहरू ढल बगाउने नदी बनिरहेकोप्रति दुःख व्यक्त गरे । उनले नदिका दुवैतर्फ करिडोर बनाएर ढलको व्यवस्थापन गर्नुपर्ने बताए । उनले ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरी रहेको बताए ।
उनले भने ‘बागमती लगायतका काठमाडौँ उपत्यकाका नदीहरू सबै ढल बगाउने नदीहरू हुन् । हामीले नदी भनेको, अहिले ढल बगिरहेको छ । कतिपयमा केही खोल्सा वा नदीमाथि बाटो बनाएर घर घर जोन, पिच, ढलान गरेर बाटोले छोपिएको छ, महानगरले त्यसलाई खोल्ने भनेर भत्काइरहेको छ । त्यो त्यत्तिकै छोडियो भने गन्हाएर सकिँदैन । त्यसैले दुई तिरै करिडोर बनाएर दुवैतिर ढल राख्ने स्थिति सरकारले बनाउनुपर्छ । नत्र भने अहिले नदीबाट ढलको निकास बनाइएको छ, त्यसबाट नदी सफा हुने, नत्र यहाँ कुनै प्रशोधन केन्द्र राखेपनि सम्भावना छैन । ढलको व्यवस्थापन नभएसम्म त्यसको प्रशोधन हुने स्थिति नभएसम्म कुनैपनि नदी सफा हुने अवस्था छैन । ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरी छ ।’
सांसद पौडेलले काठमाडौँ उपत्यकाका नदीहरूलाई सफा बनाउनु जरुरी भइसकेको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *