प्रधानमन्त्रीको राजीनामा माग्ने एमाले संसदीय दलको निर्णय

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्ने भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकअघि बसेको प्रमुख प्रतिपक्षी एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको हो ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली गएको भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १८ असारमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै एमालेले उनको राजीनामा माग्ने निर्णय गरेको हो ।

प्रचण्डको उक्त अभिव्यक्ति देशको सार्वभौमिकताविपरीत रहेको भन्दै एमालेलगायत धेरै पक्षबाट विरोध भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *