प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध आज संसद अवरोध गर्ने तयारीमा एमाले

काठमाडौँ । प्रतिनिधि सभा (संसद)को बैठक बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रतिनिधि सभाको बैठक बस्ने तयारी भइरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १८ असारमा दिएको अभिव्यत्ति आपत्तिजनक रहेको भन्दै एमालेले विरोध जनाइरहेको छ । देशको प्रधानमन्त्री जस्तो पदमा बसेर प्रधानमन्त्री हुन दिल्ली जानुपर्ने भन्ने आशयको अभिव्यक्ति उनले दिनु आपत्तिजनक र विडम्बनापूर्ण भएको भन्दै एमालेले त्यसको विरोध गरिरहेको छ । यसविषयमा प्रधानमन्त्रीको जवाफ माग्ने र जवाफ नआएसम्म संसद अवरोध गर्ने तयारी एमालेले गरेको हो ।

१८ असारमा काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । सिंह भारतको जम्मूकस्मिरबाट नेपालमा आएर बसेका पञ्जाबी मूलका व्यक्ति हुन् । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले भारतको दिल्ली दलबारले नै नेपालमा प्रधानमन्त्री बनाउने कुरा तय गर्ने आशय व्यक्त भएको देखिन्छ । यो सर्वभौम देश नेपालका लागि आपत्तिको विषय भएको भन्दै अहिले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ ।

एमाले संसदीय दलको बैठकले विरोधको शैली तय गर्न लागेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *