गुल्सनको अर्धशतकमा नेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य

आईसीसी विश्वकप छनोट

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत नेपालले आयरल्याण्डलाई २६९रनको लक्ष्य दिएको छ ।

जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि जारी खेलमा आयरल्यान्डलाई नेपालले २ सय ६९ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो ।

नेपालको लागि गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ५७ रन जोडे ।

त्यसअघि ओपनर कुशल भुर्तेल ८ रनमा आउट भए । उनका ओपनिङ पार्टनर अर्जुन साउदले ४८ रन जोडे । एलबिडब्लूको धरापमा पर्नुअघि उनले ८४ बलमा ३ चौका र २ छक्का हिर्काए ।

ज्ञानेन्द्र मल्ल ७ रनमै आउट भए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन बनाए । भीम सार्कीले २० रन जोड्दा कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४४ रनको योगदान गरे ।

दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए । सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्काको मद्दतमा ३२ रन जोडे । करण केसी ३ बलमा ४ रन जोडेर आउट भए ।

आयरल्यान्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २/२ तथा एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १/१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *