चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन् ।

उनले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजश्व संकलन प्रक्षेपण गर्न नसकेको आरोप लगाए ।

उनले सरकारले असार १८ गतेसम्म राजश्व ८ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्याङ्क दिएको बताए । उनले अर्थ मन्त्रालयले एक महिना अघि मात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउँने घोषणा गरेको भन्दै अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने बताए । उनले नेपालको औसत राजश्व संकलन ३ अर्ब रहेको भन्दै अब घटाएको संशोधित अनुमानलाई हेर्दा दिनमा २६ अर्ब राजश्व उठाउनु पर्ने बाध्यता सरकारलाई रहेको बताए ।

उनी भन्छन्,‘ असार १८ गतेसम्म सरकारको राजश्व ८ खर्ब ६६ अर्ब मात्रै उठेको छ । ९ खर्ब उठेको छैन । अर्थ मन्त्रालयले एक महिना अघि मात्रै बजेटमा ११८० अर्ब उठाउँछु भन्नुभएको छ । आर्थिक वर्ष सकिन १२ दिन मात्रै बाँकी छ । औसत राजश्व संकलन ३ अर्ब जति मात्रै हुन्छ । सरकारले घटाएको संशोधित अनुमानलाई हेर्दा पनि दिनमा २६ अर्ब राजश्व उठाउनुपर्ने हुन्छ । सरकारले ४० दिनको पनि प्रक्षेपण गर्न नसकेको हो की ? कि अर्को १२ दिनमा अर्को चमत्कार हुँदै छ । त्यसमा जानकारी पायौँ । असार १८ गतेसम्म अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको छ । सरकारको लक्ष्य थियो ५५ अर्ब र एक महिना अघि मात्रै ३८ अर्ब आउँछ भन्नुभएको थियो । ५ अर्ब चानचुनमा १२ दिनमा ३०.५ अर्ब पुग्ने आधार होला । सरकारको राजश्व र वैदेशिक अनुदानमा पनि एक महिना भित्र नै संशोधित अनुमान र वास्तविताबीचको खाडल विश्वनियतामा प्रश्न उठाउँछ छ । अर्को १२ दिनमा के हुँदैछ । के आधारमा सरकारले लक्ष्य राख्यो ।’

उनले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको बताए । उनले सरकारको लक्ष्य ५५ अर्ब बाट एक महिना अघि मात्रै ३८ अर्ब उठ्ने भने पनि अब बढीमा ५ अर्ब उठ्न सक्ने दाबी गरे । उनले सरकारको राजश्व र वैदेशिक अनुदानमा पनि एक महिना भित्र नै संशोधित अनुमान र वास्तविताबिचको खाडल विश्वनियतामा प्रश्न उठ्नु राम्रो नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *