आयरल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आईसीसी विश्वकप छनोटअन्तर्गत आजको खेलमा नेपालले पहिला टस हारेर ब्याटिङको निम्तो पाएको छ । जिम्बावेको हरारेस्थिति ताकासिंगा स्पोर्टस् क्लबमा भइरहेको खेलमा टस जिटेर आयरल्याण्डले नेपाललाई ब्याटिङका लागि निम्त्याएको हो ।

समूह एबाट ४ खेलमा ३ मा हार र १ मा जित सहित नेपाल चौथो भएर बाहिरिएको थियो । अमेरिकालाई ६ विकलेटले हराएको नेपालले जिम्बाबेसँग ८ विकेट, वेस्टइन्डिजसँग १०१ रन र नेदरल्याण्डसँग ७ विकेटले पराजित भएपछि सपर सिक्समा पुग्न असफल भएको हो ।

सातौं स्थानका लागि नेपालले प्लेअफको सेमिफाइनलमा युएईलाई ३ विकेटले हराएको थियो । त्यस्तै आयरल्याण्डले अमेरिकालाई प्लेअफमा ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *