तिनाउ नदीमा खतरा, सुरक्षित स्थानमा बस्न आग्रह

काठमाडौं । बुटवलको तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानहरुमा बिहानसम्म सुरक्षित स्थानमा रहन सूचना जारी गरिएको छ ।

अन्य स्थानका नदी तथा खोलाहरुमा भने जलसतह खतराको तहभन्दा तलै छ । देशका विभिन्न क्षेत्रमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । राति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

उक्त स्थान भई बहने स-साना खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै होचा स्थानमा डुवान हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *