एसिसी यू–१६ इस्ट जोन कप : सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ । एसिसी यू१६ इस्ट जोन कपअन्तर्गतको सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपालले फाइनलमा स्थान सुक्षित गरेको छ । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा जम्मा ८७ रन बनाएर अल आउट भयो ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो ।

नेपालका लागि अभिषेक तिवारीले पहिलो ओभरको अन्तिम बलमै सिंगापुरका ब्याटर श्रेयान चयौंलाई २ रनमै क्याच आउट गराएका थिए । उनको बल टप एज लागेर दिपु कुमारले समातेका थिए ।

त्यस्तै, कार्तिक कामतले २.३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । स्पिनर सन्तोष यादवले ७ ओभरमा ३ मेडनसहित ५ रन खर्चेर १ विकेट लिए । नरेन भट्टले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर १ विकेट लिए । अशोक धामीले ७ ओभरमा २ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । अभिषेक तिवारी र प्रतिक पोखरेलले समान एकएक विकेट लिए ।

नेपालको जितमा ओपनर निरजकुमार यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रनको महत्वपूर्ण योगदान दिए । सुर्यांशुले ४९ बलमा ६ चौकासहित ४३ रन बनाएका थिए ।

कप्तान अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रन बनाए । सन्तोष यादवले २४ बलमा २ चौकासहित १८ रन जोडे । प्रतिक भट्टराईले १२, दीपु कुमार १२, आषिश लुहारले ६ रन बनाए । नरेन भट्ट ३ रन बनाए ।

सिंगापुरका हरिहरनले ७ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । कप्तान हर्ष वेंकटरामले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कबिरले ५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

नेपालले मंगलबार फाइनलमा मलेसियासँग खेल्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *