मुस्ताङी राजाको छोराको बिहेमा पालिका बन्द
२०८० असार १७ गते

पोखरा । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।
सोमबार मुस्ताङी राजाको छोराको बिहे रहेकोले पालिका बन्द गरिएको हो ।
गाउँपालिका कार्यालय, मातहतका कार्यालय र शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको पालिकाले जनाएको छ ।
पालिकाले आइतबार सार्वजनिक सूचना नै जारि गरेर भनेको छ, `मुस्ताङी ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक राजा जिग्मे सिङ्गी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकोले सोमबार सार्वजनिक बिदा दिइएको छ ।’
पालिका अध्यक्ष टसी न्हुर्बु गुरुङले लोमान्थाङमा सांस्कृतिक राजसंस्था कायम रहेको बताए ।

२०८० असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








