युएईले नेपालाई दियो १८२ रनको लक्ष्य

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा युएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको हरारेस्थित टाकासिंगा स्पोर्टस क्लबको मैदानमा भएको सेमिफाइनल खेलमा नेपाललाई जितका लागि युएईले उक्त चुनौती पस्किएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६.५ ओभरमा १ सय ८१ रन बनाएर अलआउट भयो ।

युएईका लागि खेलका कप्तान वृत्य अरबिन्दले ७५ बलमा ४ चौकाको सहयोगमा ४४ रन बनाए । वृत्य गुलसन झाको बलमा बोल्ड आउट भएका थिए ।

युएईका ओपनर आसिफ खान इनिङको दोस्रो बलमा नै करण केसीको बलमा शून्य रनमा आउट भए । दोस्रो विकेटका लागि आर्यांश शर्मा र वृत्यले ८८ बलमा ६४ रनको साझेदारी गरे ।

शर्मा ४३ बलमा ३ चौकाको सहयोगमा २८ रन बनाउँदै सन्दीप लामिछानेबाट आउट भए ।

रोहन मुस्ताफाले ५६ बलमा ३५ रन बनाउँदै आउट भए । बसिल हमिदले ३५ बलमा २९ रन बनाए ।

संचित शर्मा १४ बलमा १२ रन तथा रमिज शाहजादले २८ बलमा १० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३–३ विकेट लिए । प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

खेलको विजेताले सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

यस खेलमा पराजित हुने टोलीले भने नवौं स्थानका लागि बिहीबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *